वसन्त ऋतुसँगै चेरी फूलले सिङ्गारियो काठमाडौं (फोटोफिचर)
काठमाडौं । वसन्त ऋतुसँगै अहिले काठमाडौंको लैनचौर, सिनामंगल र भृकुटीमण्डप क्षेत्र चेरी फूलले सिङ्गारियो छ । उपत्यकाको सडक किनारा, पार्कमा चेरी फुल्नाले शहरमा थप सुन्दरता थपिएको छ।
पछिल्लो समयमा शहरी सुन्दरताका लागि काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका विभिन्न सडक किनारा, पार्कमा चेरी फूल लगाएको थियो ।
चेरी फुल्न थालेसँगै सर्वसाधारणहरु फूलसँग सेल्फी खिच्ने, तस्बिर लिने समेत गर्न थालेका छन् । जापानको राष्ट्रिय फूलको रूपमा रहेको चेरी फूलले अहिले काठमाडौं शहरको सुन्दरता बढाउने काम गरिरहेको छ ।









