स्वास्थ्य मन्त्रालयको सार्वजनिक खरिद व्यवस्थापन बारे सुझाव दिन गठित कार्यदलले बुझायो प्रतिवेदन
काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र मातहतका निकायहरूको सार्वजनिक खरिद व्यवस्थापनलाई थप पारदर्शी, मितव्ययी र नतिजामुखी बनाउन गठित उच्चस्तरीय कार्यदलले सुझाव प्रतिवेदन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा शर्मा गौतमलाई बुझाएको छ ।
यस प्रतिवेदनको मुख्य उद्देश्य खरिद प्रक्रियामा रहेका नीतिगत र कानुनी जटिलताहरू हटाउँदै सुशासन कायम गर्नु र आम नागरिकलाई गुणस्तरीय औषधि तथा स्वास्थ्य उपकरणहरूको कुनै पनि अभाव हुन नदिने गरी समयमै उपलब्ध गराउनु रहेको छ । प्रतिवेदनले खरिद गुरुयोजना, ई-जीपीको पूर्ण कार्यान्वयन र उपकरणहरूको कम्तीमा ५ वर्षको मर्मत सम्भार सम्झौता अनिवार्य गर्नुपर्ने जस्ता ठोस सिफारिसहरू गरेको छ ।